मकवानपुर, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) हेटौँडा उपमहानगरपालिका ३ नम्बर वडा कमिटि बैठक सम्पन्न भएको छ । वडा कमिटि बैठकले हेटौँडा उपमहानगरपालिकाका १० वटै वडामा सदस्य तथा संगठन विस्तारका लागि नेता कार्यकर्ता परिचालन गर्ने नगर कमिटिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

वडा कमिटिका अध्यक्ष अक्कल स्याङ्तानको अध्यक्षतामा बसेको बैठकमा समाजवादीका जिल्ला कमिटि सचिव ध्रुव भुजेलको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा नगर कमिटि अध्यक्ष विष्णुमाया स्याङ्तान, सचिव अधिकारी, सहसचिव लगायत नगरकमिटिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

जिल्ला अन्तरपार्टी निर्देशन अनुसार पार्टीको सदस्यता तथा संठन विस्तार अभियान २०८० कार्यान्वयन तथा माघ २५ गतेदेखि चैत २० गतेसम्म १९ वटै वडामा अभियान सम्पन्न गर्न वडा कमिटि बैठक बसेको हो ।