मकवानपुर, १६ फागुन । बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । प्रदेशसभाले सूचना टाँस गर्दै विशेष कारणले बैठक फागुन १७ गते बिहान ११ः३० बजे गर्ने गरी बैठक स्थगित गरेको हो ।

‘प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुख ज्यूले निर्धारण गर्नुभएको व्यहोरा माननिय सदस्यहरु एवम् सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’– प्रदेशसभाको सूचनामा उल्लेख गरिएको छ ।

प्रदेशसभाको बैठक आफुहरुले नरोकेको प्रतिपक्षी दलका नेताहरुको भनाई छ । केही प्रदेशसभा सदस्यहरुका अनुसार भोलि पनि दलहरुबिच कुरा मिल्ने सम्भावना कम रहेकोले बैठक बस्ने कुरा न्यून रहेको छ ।

बागमती प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बसेपछि प्रदेशसभाको बैठक हुने–नहुने तय हुने प्रदेशसभाका केही दलका सचिवालयले जनाएको छ ।

हेर्नुहोस् सूचना–