मकवानपुर, २३ फागुन । रौतहटमा श्रोत नखुलेको १० लाख रुपैयाँ नगद बोकेको आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका निवासी २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले हेटौँडा ३ का ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङलाई पक्राउ गरेको हो ।

उनीहरु सवार प्र ३ ०१–०२३ च ५३८५ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ ।