मकवानपुर, १९ जेठ । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका अन्तर्गत राप्ती रिभर साइड पार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । टोल विकास समन्वय समिति हेटौंडा ११ र सिमलटार टोल विकास संस्थाको संयुक्त पहलमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

बिहान स्थानीय समुदायको सक्रिय सहभागितामा सिमलटारको केही क्षेत्रमा पनि सरसफाई गरिएको थियो। सरसफाईमा स्थानीय बासिन्दाहरु, नगर समितिका सदस्यहरु र अन्य संघसंस्थाहरुको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा सहभागीहरुले यस प्रकारको अभियानले वातावरणलाई सफा राख्न र जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रम हेटौंडा क्षेत्रको वातावरणीय स्वच्छतामा महत्वपूर्ण कदम भएको भन्दै स्थानीय बासिन्दाहरुले प्रशंसा गरेका छन्। टोल विकास समन्वय समिति हेटौँडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्यका अनुसार वातावरण दिवसका अवसरमा यस क्षेत्रमा विविध कार्यक्रहरु गरिँदै आएको छ ।