मकवानपुर,२४ असार । यु–१७ केन्द्रिय स्तरको फुटबल छनौट प्रतियोगिताका लागि मकवानपुरबाट ७ जना खेलाडीहरुको नाम सिफारिश भएको छ । विभिन्न छनौट चरण पार गर्दै प्रदेश स्तरमा पुगेका खेलाडीहरुबाट बागमती प्रदेश फुटबल संघले सिफारिश गरेका ४५ जना क्वालिफायरमध्ये मकवानपुरका ७ जना खेलाडीहरु सूचिमा समावेश भएका हुन् ।

मकवानपुरबाट छनौटमा परेकाहरुमध्ये साजन लोप्चन, निशान बोगटी र रोहित मोक्तान सेन्टर मिड फिल्डरका रुपमा, सन्देश घलान र कृतक स्याङ्तान गोल किपरका रुपमा तथा रोहन तामाङ र विशेष सुवेदी राईट विङ्गरका रुपमा केन्द्रिय स्तरको छनौटका लागि सिफारि भएका हुन् ।

उनीहरुले साउन २५ गतेबाट सुरु हुने केन्द्रिय छनौटका खेलहरुमा सहभागिता जनाउने मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । हेर्नुहोस् नामावली–