सांकेतिक तस्बिर

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१८ बरौलीखोलामा खोलाले बगाएर बालिकाको मृत्यु भएको छ ।

स्थानीय धन बहादुर बलकी छोरी १० वर्षकी रसमती बल खेतमा जाँदा खोला हेर्ने क्रममा अचानक आफै चिप्लिएर बरौली खोलामा परेका थिए । खोलामा खसेकी उनलाई सोही खोलामा आएको बाढिले बगाएपछि मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक बालिकाको शव कानूनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।