
मकवानपुर । बैशाख २ गतेदेखि हेटौँडामा जारी श्री शिव पुराण महायज्ञ २०८२ मा हात्तिलेट टोल विकास संस्थाद्वारा नगद २५ हजारसहित खाद्यान्न सामग्री सहयोग गरिएको छ ।
संस्थाका अध्यक्षका अनुसार समाजमा रहेका विपन्न परिवारलाई टोल विकासले सहयोग गर्दै आईरहेको छ । साथै आध्यात्मिक क्षेत्रलाई पनि मदत गर्नुपर्ने आवश्यकता महसुश गर्दै टोल विकास संस्थाले सहयोग गरेको उनले बताए ।
टोल विकास संस्थालाई महायज्ञ आयोजक राधिका फाउण्डेसनले सम्मान समेत गरेको छ ।