मकवानपुर । मकवानपुरे लोकदोहोरी गायिका सर्मिला सुवेदीको स्वर रहेको दोहोरी गीत ‘गुनासो’ सार्वजनिक भएको छ ।
मिलन फिल्मस् प्रा.लि.को प्रस्तुती रहेको गीत मिलन फिल्मस् प्रोडक्सन युट्युवमार्फत १७ असोज, बुधबार सार्वजनिक भएको हो । ‘गुनासो’ मा सर्मिलासंगै गायक जयराम हुमागाईंको स्वर छ । गीतमा शब्द सीता दुलालको छ भने एजेन्जरमा आरके मिलन रहेका छन् । दोहोरी गीत ‘गुनासो’ मा सौगात पनेरु र कृति वाग्लेले मोड्लिङ गरेका छन् ।

लोकगीत ‘गुनासो’सहित नवोदित गायिका सर्मिलाको रेडर्केड गीतको संख्या ६ पुगेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३, हाडिखोला, पाल्दमारकी सर्मिलाको पहिलो गीत ‘मोहनी माया’ हो । हिम सम्झौता डिजिटलमार्फत वि.सं.२०७८ मा सार्वजनिक भएको यो गीत उनले इश्वर बराइलीसंग गायकी हुन् । ‘मोहनी माया’ गीतमा स्वर दिएपछि नै प्राप्त भएका प्रतिकृयाले लोक गायनमा लाग्न आफूलाई हौसला मिलेको उनी बताउँछिन् । पहिलो गीत रेकर्ड गर्ने अवसर एउटा दोहोरी कार्यक्रममार्फत सर्मिलालाई गायक बराइलीले दिलाएका हुन् । ‘पहिलो गीत रेकर्ड भएपछि साथीभाई, आफन्त तथा गीतसंगीत क्षेत्रमा लागेकाहरुले दिएको प्रतिकृयाले मलाई अझै उत्साहित बनायो ।’ गायिक सर्मिला भन्छिन्, ‘यही उत्साह र मेरो रुचीका कारण हालसम्म ६ वटा गीत रेकर्ड भएका छन् ।’

भर्खरै सार्वजनिक ‘गुनासो’ र पहिलो गीत ‘मोहनी माया’ बाहेक सर्मिलाले स्वर दिएका अन्य गीत पनि उत्तिक्कै रुचाइएका छन् । उनी र गायक जयराम हुमागाईंको स्वर रहेको ‘त्रिशुली तरी’ पनि स्रोता, दर्शकले मन पराएको गीत हो । टिकटकमा उनको यो गीतले राम्रै्र चचौ पायो । यस्तै, मेरो माया अल्लारे, ए निष्ठुरी र हितैको मायाले बोलको गीत उनले गाइसकेकी छिन् ।

स्कुले जीवन वा बाल्यकालमा केही कार्यक्रममा साथीहरुसंग गीत गाएपनि मुख्यरुपमा गायनलाई उनले निरन्तरता दिन सकिनन् । चर्चित गायक गायिकाको गीतको टुक्का गाउँदै रमाउँने सर्मिलालाई पहिलो गीत रेडर्क भएपछि प्राप्त भएको खुशीले भने आगामी दिनमा आफ्नो रुची पूरा गर्न गायनलाई निरन्तरता दिने सोच छ । उनी भन्छिन्,‘यसलाई मुख्य पेशा नै बनाएर अघि बढ्न नसकेपनि आफ्नो रुची पुरा गर्न पनि अब गाइरहनेछु ।’ घरपरिवार, आफन्तबाट पाएको साथ, सहयोग तथा हौसलाले आगामी दिनमा लोकदोहोरीको क्षेत्रमा लागिरहन आफूलाई प्रेरित गरेको उनी बताउँछिन् । ‘केही समयमा अर्को नयाँ लोक दोहोरी गीत गाउँने योजना छ ।’ सर्मिला भन्छिन्,‘ घरपरिवार, आफन्तनजनसंगै स्रोता, दर्शको पनि यसैगरी साथ, सहयोग पाइरहे भने गीत संगीतमा अझ निखारिँदै आफूलाई सक्रिय गराउँनेछु ।’ सांगितिक क्षेत्रमा अहिले तिब्र प्रतिष्पर्धा रहेको उनको धारणा छ । जो पनि गायक बन्ने, जस्तो पनि गीत गाउँने कार्य भइरहेकोप्रति उनलाई दुःख पनि लागेको छ । यसकारण पनि गायनलाई मुख्य पेशाकै रुपमा लैजान्छु भन्ने उनलाई लाग्दैन ।

सर्मिलालाई सबै प्रकारका लोकगीत गाउँन मनपर्छ । पश्चिमेली भाकामा रहेको गीत गाइसकेकी उनलाई आागामी दिनमा लोकदोहोरीका सार्वजनिक कार्यक्रमहरुमा आफूलाई प्रस्तुुत गर्ने सोच छ । ‘हालसम्म त्यति खासै सार्वजनिक कार्यक्रममा नगाएपनि आगामी दिनमा आफ्नो कलालाई तिर्खादै, गीतसंगीत सम्बन्धी थप सिक्दै अघि बढ्ने सोचमा छु । ’ उनी भन्छिन् ।