मकवानपुर — गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको आवाजमा तयार भएको नयाँ गीत ‘तिमी मेरो शब्द’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। साईराम पिक्चर्सको आधिकारिक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।

गीतका शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ सबै गायक खड्काकै योगदानमा तयार भएका हुन्। रोमान्टिक भावका शब्दमा र्यापको मिश्रण गरिएको यस गीतमा बाँसुरीवादक रत्न विकले धुन भरेका छन्।

म्युजिक भिडियो संयोग राईको निर्देशन र सम्पादनमा तयार भएको हो भने छायांकन मनिक लिम्बुले गरेका छन्। भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारहरूको अभिनय समावेश गरिएको छ। हेर्नुहोस् म्युजिक भिडियो–











