मकवानपुर, १३ कात्तिक । हेटौँडा उपमहानगरपालिका–९ लामसुरेमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी १६ वर्षीया सुरक्षा चौधरी आईतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार किशोरी आफ्नै घरको सुत्ने कोठाको फलामको पाईपमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।












