मकवानपुर, १५ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पाराम मोतिहारीका २१ वर्षीय अमित कुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहान ९ बजेको समयमा प्रहरीले वीरगंजबाट नारायणघाट जाँदै गरेको बा प्र ०३–००१ ज ७९१ नम्बरको माईक्रोलाई सुरक्षाजाँच गर्ने क्रममा कुमारको साथबाट लागुऔषध फेला पारेको थियो । प्रहरीले अमित कुमारको साथबाट लागुऔषध डाईजेपाम १५० पिस, नुर्फिन १५० पिस र फेनार्गन १५० पिस बरामद गरेको थियो । उनले आफ्नो शरिर र कम्मरमा टेपले बानेर जम्मा ४५० एम्पुल लागुऔँषध ल्याइएको भेटिएको थियो ।

उनलाई मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।