मकवानपुर, २५ मंसिर । मकवानपुरको थाहा नगरपालिकामा जारी थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगितामा उत्कृष्ट ६ प्रतियोगीहरु छनौट भएका छन् । आईतबार उत्कृष्ट ८ मा परेका सुदिप विश्वकर्मा र अंशु घिमिरे प्रतियोगिताबाट बाहिरिएपछि उत्कृष्ट ६ प्रतियोगीहरु छनौट भएका हुन् ।

उत्कृष्ट ६ मा अनिश लामा, सुहाना गोपाली, सोनिमा वाइवा, कृपा गोपाली, सन्ध्या थापा र विजय मगर रहेका छन् । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् । सोमबार टप ६ को अन्तिम प्रस्तुती रहने छ र भोटको नतिजाको आधारमा मङ्सिर २६ गते थाहा आइडलको विजेता घोषणा गरिनेछ ।

आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा थाहा महोत्सव भएको हो ।