मकवानपुर, २६ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्याङ टोल विकास संस्थाको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बसन्त कप्रौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सदस्य गोपिनी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख गंगा चौँलागाईँ, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।










