मकवानपुर, ६ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित नयाँबस्तीमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति पुर्याएको छ । जङ्गली हात्तीले मनहरी गाउँपालिका ६ नयाँबस्तीका बुद्धि राईको ब्लकले बनेको एक तले घरको एकातर्फाको भित्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै हात्तीले स्थानीय नारायण श्रेष्ठको सटरमा पनि क्षति गरेको छ । हात्तीले स्थानीय मङ्गलसिं थिङको भान्सामा राखेको एक बाेरा धान र एक बोरा चामल खाएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।










