जी. न्यौपाने
मकवानपुर, ८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटार स्थित सडकहरुमा स्ल्याब ढलान गरिएको छ ।
सिमलटारको रमाईलो चोकदेखि नमूना चोक जोड्न ११३ मिटर लम्बाई र ४ मिटर चौडाईको शाखा बाटोमा स्ल्याब ढलान गरिएको हो । स्ल्याब ढलानमा वडाको ३ लाख रुपैयाँ लगानी रहेको वडा अध्यक्ष जुना दाहालले बताउनुभयो ।
त्यस्तै सिमलटारकै राप्ती चोकदेखि मिलनचोकसम्म ७२ मिटर लम्बाई र ५ मिटर चौडाई तथा राप्तीचोकदेखि मस्जिद नजिकसम्म ७१ मिटर लम्बाई र ५ मिटर चौडाईको बाटो स्ल्याब ढलान गरिएको छ ।
यी दुई सडकमा वडाको ५÷५ लाख रुपैयाँ खर्च भएको ११ नम्बर वडाले जनाएको छ ।










