मकवानपुर, ११ पुस । मकवानपुरको थाहा नगरपालिकामा थाहा नगरपालिकाको आयोजनामा पुस ८ गतेदेखि १० गतेसम्म थाहा नगर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा मेयरकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गतका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ।
जनकल्याणले प्रतियोगितामा १७ स्वर्ण, १५ रजत र ६ कास्य पदक सहित शिल्ड हात पारेको हो । तेस्रो पटक जित हासिल गरेसँगै जनकल्याणले शिल्डलाई आफ्नो बनाएको छ । त्यस्तै ९ स्वर्ण,३ रजत र ६ कास्य सहित बागेश्वरी मावि दोस्रो र ३ स्वर्ण ८ रजत र ५ कास्य सहित झम्केश्वरी मावि तेस्रो हुन सफल भएको थाहा नगरबाट मानसिंह दोङले जानकारी दिएका छन् ।

त्यस्तै मेयरकप भलिबलको दुबै उपाधी मत्स्यनारायण माविले हात पारेको छ। फाइनलमा मत्स्यनारायणले नाट्यश्वरलाई पराजित गरेको थियो मेयर कप भलिबलमा छात्रा तर्फ जनकल्याण र छात्र तर्फ बज्रबाराही मावि तेस्रो भएको थियो । मेयरकप भलिवलमा मत्स्यनारायणका प्रवल कार्की र बिमला माया वाइवा उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा नगरपालिकास्थित १४ वटा माविको सहभागिता रहेको थियो ।










