मकवानपुर, १२ पुस । मकवानपरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा लैंगिक हिंसा न्यूनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार हेटौँडा ११ मा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र हेटौँडा ११ थानाभर्याङको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा कार्यक्रम भएको पत्रकार जी. न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षक एवम् माईती नेपालकी माया लामा तथा अन्य प्रतिशक्षकहरुले लैंगिक हिंसाको न्यूनिकरण गर्न चाल्नुपर्ने कदम र तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक चुडाकुमारी खड्का, ११ नम्बर वडा सदस्यहरु विराश नेपाल, सञ्जय बिडारी, गीता सुनार, सामुदायिक सेवा केन्द्र थानाभर्याङका सल्लाहकार शालिकराम पुडासैनी, पूर्व अध्यक्ष सिद्धलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।