तस्बिर– बखान सिं पाख्रिन

मकवानपुर, १२ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बुधबारदेखि शिक्षकहरुका लागि ५ दिने तालिम सुरु भएको छ ।

मकवानपुरगढी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ‘आधारभूत तहमा सिकाई आपूरण र द्रुत सिकाई सहयोग सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम कार्यक्रम’ सुरु भएको वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिनले जानकारी दिनुभयो ।

गाउँपालिकास्थित चण्डिका माध्यमिक विद्यालयमा पुस ११ गते बुधबारदेखि सुरु भएको तालिम पुस १५ गतेसम्म चल्नेछ । तालिममा गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षकहरु सहभागी भएका छन् ।