मकवानपुर, १२ पुस । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पानीसरामा स्थानीय मान बहादुर थिङको घरमा आगलागी भएको छ।
बुधबार दिउँसो आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
घरमा कोही पनि नभएको समयमा आगलागी भएको हो । आगलागीबाट नगद ३ लाख, लत्ताकपडा र अन्नपात गरी ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।










