मकवानपुर, १२ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा बस्ने एक किशोरीमाथि नग्न तस्बिरको आडमा निरन्तर ब्ल्याकमेलिङ र यौनशोषण भईरहेको खुलेको छ । पीडित किशोरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो ।
मकवानपुरगढी गाउँपालिका–१ का एक युवकले १९ वर्षीया किशोरीको नग्न तस्वीर खिची व्ल्याकमेल गर्दै निरन्तर यौनशोषण गर्दै आएको पाइएको छ । सानोपोखरामा बस्दै आएकी मकवानपुरगढी गाउँपालिका–१ की ती किशोरीलाई मकवानपुरगढी गाउँपालिका–१ कै २४ वर्षीय युवकले व्ल्याकमेल गरी यौनशोषण गरेको आरोप छ ।
जाहेरीमा ९ कक्षा पढ्दादेखि नै चिनेको युवकले गत बैशाखमा किशोरीको कोठामै गएर नग्न तस्वीर खिचेर व्ल्याकमेल गर्न सुरु गरेको उल्लेख छ ।युवकले किशोरीको फेसबुक आइडी समेत लिएर किशोरीको नग्न तस्वीर राखेर यौनकर्मीको रुपमा प्रचार समेत गरिदिएको पीडितले आरोप लगाएकी छिन् ।










