जी. न्यौपाने
मकवानपुर, १२ पुस । मकवानपरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा लैंगिक हिंसा न्यूनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि हेटौँडाका विभिन्न स्थानमा भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत आज रुपचन्द्र विष्ट स्मृति हेटौँडा ११ थाहा भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र हेटौँडा ११ थानाभर्याङको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा कार्यक्रम भएको सामुदायिक सेवा केन्द्रका सहायक प्रहरी हवल्दार निमा भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक एवम् माईती नेपालकी माया लामा, प्रदेश प्रहरी कार्यालय हेटौँडाकी विपद व्यवस्थापन विभागकी प्रहरी निरिक्षक चुडाकुमारी खड्का, ब्रम्हकुमारी राजयोग नेपाल प्रमुख प्रशासनिक समूह तथा अन्तराष्ट्रिय मोटिभेस्नल प्रशिक्षक विजयराज सिग्देल लगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा लैंगिक हिंसा न्यूनिकरण, लैंगिक हिंसाको अवस्था र कानुनी उपचार तथा तनाव व्यवस्थापन सम्बन्धी विषयमा अभिमुखीकरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ११ नम्बर वडा सदस्य गोपिनी सापकोटा, सामुदायिक सेवा केन्द्र थानाभर्याङका सल्लाहकार शालिकराम पुडासैनी, पूर्व अध्यक्ष सिद्धलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।










