
मकवानपुर, १६ पुस । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरु चयन गर्न हुने निर्वाचनका लागि हेटौँडा– ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा मकवानपुरमा कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश एवम् निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले कार्यालय स्थापना गरे ।
राष्ट्रिय सभा सदस्य पदको निर्वाचन माघ ११ गते हुनेछ । निर्वाचन कार्यक्रम अन्तरगत पुष २० गते मतदाता नामावली प्रकाशन गर्ने, २२ गते अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गर्ने र पुष २३ गते विहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यहरुको उम्मेदवारी दर्ता गर्ने कार्यसूचि तय भएको छ ।
सो निर्वाचनका लागि बागमती प्रदेश सभाका ११० जना सदस्यहरु, प्रदेशको ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३७ गरी जम्मा ३४७ जना मतदाता रहनेछन् ।