मकवानपुर, २० पुस । हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि २ दिने ‘थाहा फोटो प्रदर्शनी’ शुरु भएको छ । थाहा नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुसहितको विविध फोटो समेटेर प्रदर्शनी शुरु गरिएको हो । प्रदर्शनीको आज हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभएको हो ।

प्रर्दशनीमा नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने ६० वटा फोटोहरु राखिएको छ । थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगाएतको संघसस्थाको सहयोग रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, मकवानपुर शाखा अअध्यक्ष मणीराज गौतम, राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगाएतकाको आतिथ्यता रहेको थियो ।