जी. न्यौपाने
मकवानपुर, २७ पुस । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष ललित बस्नेतको सभाध्यक्षतामा भएको साधारण सभामा डाक्टर सिताराम खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर खनालले खानपिन तथा आहारबिहार नै स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यी कुराहरु ठिक–ठिक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै उहाँले शारिरिक रोग, मानसिक रोग र आगन्तुक रोगका बारेमा व्याख्या गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि संघीय सांसद गोमा तिमल्सिना, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माईकल, बागमती प्रदेश कृषि मन्त्रालयका सहसचिव मदन भुजेल, ब्रम्हकुमारी राजयोगका विजय सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रतिष्ठानका अध्यक्ष ललित बस्नेत र आर्थिक प्रतिवेदन पुनर्नवा अस्पतालका अध्यक्ष मनोज सुवेदीले प्रस्तुत गरेका थिए ।










