मकवानपुर, २७ पुस । क्षीर सागर दुग्घ उत्पादक सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका शिक्षा तथा सहकारी अधिकृत हिमप्रसाद पौडेल, सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।










