
मकवानपुर, २७ पुस । कृषक समूह महासंघ बागमती प्रदेश अध्यक्षमा विजय लामा चयन हुनुभएको छ । हेटौँडामा भएको महासंघको दोस्रो अधिवेशनले लामालाई अध्यक्ष पदमा चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा ललितपुरकी मिरा शाह, सचिवमा मकवानपुरका दिपक पुडासैनी, सहसचिवमा नुवाकोटका पदमबहादुर थापा र कोषाध्यक्षमा काठमाडौँका जोशना खत्री चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा धादिङकी मीना राई, रसुवाका भवानीप्रसाद न्यौपाने, चितवनका हिरामणि पोखरेल, सिन्धुलीकी सरिता भट्टराई, रामेछापका समेश थापा, सिन्धुपाल्चोककी सरिता सापकोटा, काभ्रेका लक्ष्मण हुमागाईँ र दोलखाका जीतबहादुर तामाङ चयन भएका छन् ।