मकवानपुर, २७ पुस । हेटौँडा १० स्थित सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमीको ३१ ऋौँ अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षतामा भएको भेलामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि लामाले राज्यले गर्नुपर्ने कामलाई निजी क्षेत्रका विद्यालयहरुले गरिरहेको भन्दै निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अन्तरष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य रहेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य मदनकुमार दाहाल, राष्ट्रिय परिक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्ण प्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।