मकवानपुर, २८ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीस्थित श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको ३० औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्षको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तान, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखानसिंह पाख्रिनको लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, शेयर सदस्य तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।