मकवानपुर, २८ पुस । मकवानपुरको हेटौँडामा आफ्नै दाइलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा भाइ पक्राउ परेका छन् । शनिबार दिउँसो हेटौडा–४ चिल्ड्रेन पार्क गर्दोई बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाई २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको छ। आगो लगाउने रविलाई वडा प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार मादक पदार्थ सेवन गरेर लठ्ठिएका गिरीले विवाद गरेपछि आफ्नै दाजुको शरिरमा पेट्रोल छर्की आगो लगाएको मकवानपुर प्रहरीले जनाएको छ ।










