मकवानपुर, २९ पुस । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा सिमलटारस्थित राप्ती तटमा जथाभावी रुख काटिएको पाईएको छ । सिसौको रुख जथाभावी काट्नु गैरकानुनी काम भएतापनि यसरी रुख काटिएको पाईएको छ । सयौँ मानिसहरु आवतजावत गर्ने ठाउँमा यसरी रुख काटिँदा पनि सम्बन्धित निकायको त्यत्ति ध्यान जान सकेको छैन । सिमलटारस्थित खयरका रुखहरु र सिसौका रुखहरु दिनप्रतिदिन घट्दो क्रममा छन् । जथाभावी रुख काटिँदा पनि अहिलेसम्म वन कार्यालयलाई जानकारी छैन ।





तस्बिर–जी न्यौपाने










