मकवानपुर, २९ पुस । लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औँ जन्मदिन हेटौँडामा मनाइएको छ । लायन्स क्लब अफ हेटौँडा तथा लायन्स क्लबसँग सम्बन्धित संस्थाहरुको आयोजनामा हेटौँडामा र्याली सहित जोन्सको जन्मदिन मनाइएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघबाट र्याली गरी हेटौँडाको बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । उनले गरेको कामको सम्झना गर्दै जन्मदिन मनाइएको क्लबकी तासी डोल्मा तुम्बाहाम्फेले बताउनुभयो ।











