मकवानपुर, १  माघ  । श्रीकृष्ण प्रणामी मुल मन्दिर ‘मुलमिलावा धाम’ हेटौँडा ६ गौरीटारको ५५ औँ वार्षिक उत्सव कार्यक्रमको आज  उद्घाटन भएको छ ।

माघ १ गतेदेखि ७ गतेसम्म हुने साप्ताहिक श्रीमततारतम सागर पाठपारायणको  पहिलो दिनको उद्घाटन हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दाहालले पानसमा दिप प्रज्वलन गरी  उद्घाटन गर्नुभएको हो ।

मन्दिरका अध्यक्ष राजु नेपाल सभापति रहनु भएको कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष रामकृष्ण तिवारी, जिल्ला अध्यक्ष केदार प्रसाद चौलागाईं , गुरुधामका अध्यक्ष घनश्याम ढकाल , युवा परिषद  प्रासका अध्यक्ष प्रदिप बास्तोला र बाइजुराज समिति प्रासका अध्यक्ष शुशिला खतिवडाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बाइजुराज समितिका केन्द्रिय उपाध्यक्ष सुरक्षा चौलागाई ,  मन्दिरका पुर्व अध्यक्षहरु  तथा केन्द्रिय  सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।