जी. न्यौपाने
मकवानपुर, २ माघ । हेटौँडाका मृगौला पिडित परिवारलाई हेटौँडा उपमहानगरपालिकाले हेटौँडा ११ सिमलटारमा २ कोठे घर बनाईदिएको छ ।
आमा बिनिता उप्रेती, छोरा द्वय आशिष उप्रेती र अश्विन उप्रेती मृगौला पिडित हुन् । उनीहरुमध्ये बिनिता र आशिषको मृत्यू भईसकेको र अश्विन डायलाइसिस गर्दै गरेका पिडित हुन् ।

हेटौँडा उपमहानगरपालिकाले बिनिताकी छोरी अश्मिना उप्रेतीलाई भने हेटौँडा उपमहानगरपालिकामा जागिरको व्यवस्था गरिदिएको पारिवारिक श्रोतले बताएका छन् । लामो समयदेखि मृगौला रोगबाट पिडित परिवारलाई बस्ने बास होस् भन्ने उदेश्यले हेटौँडा उपमहानगरपालिकाले घर सहयोग गरेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।