जी. न्यौपाने
मकवानपुर, ३ माघ । हेटौँडा ११ थानाभर्याङस्थित चुरेहिल अस्पताल प्रा.लि. चितवन मेडिकल कलेज (सिएमसी) द्वारा संचालन गर्न शुरु गरिएको छ । ६० प्रतिशत लगानी सिएमसीको र ४० प्रतिशत लगानी स्थानीय अर्थात पुरानै समितिको रहने गरी सम्झौता भएको तथा सिएमसीकै व्यवस्थापनमा अस्पताल चल्ने अस्पतालका म्यानेजिङ डाईरेक्टर नारायणलाल श्रेष्ठले बताए ।

आज सामान्य पुजाआजाबाट शुरु भएको अस्पतालको नाम पछि फेरिन सक्ने र यसको ग्राण्ड ओपनिङ गर्न अझै बाँकी रहेको डाईरेक्टर श्रेष्ठले बताए ।

अस्पतालका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा सिएमसीका निर्देशक दयाराम लम्साल, सिईओ प्रताप देवकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, चुरेहिलका अस्पताल पूर्व अध्यक्ष गोकर्ण प्रसाद पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

अब मकवानपुर जिल्लाका बिरामीहरु थप उपचारको लागि चितवन जानुनपर्ने र त्यहाँ भएका सबै सुविधा चुरेहिलमै व्यवस्था गरिने सिएमसीका निर्देशक लम्सालको भनाई छ । उनका अनुसार स्वास्थ्य बिमाबाट दिईने स्वास्थ्य उपचार नरोकिने र यथावत संचालनमा रहनेनछ ।