मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा जारी यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाईनलका २ खेलहरु हुँदैछ ।
दिउँसो १ बजे हुने पहिलो सेमिफाईनल खेलमा हुप्रा सिटी र हुप्रा फायरलाईन एफ.सीले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेल दिउँसो ३ बजे कर्णावती टोल र रामनगर युवा क्लबबिच हुने स्थानीय ईशान रुपाखेतीले जानकारी दिनुभयो ।

कर्णावती युवा क्लबको आयोजनामा पुस २९ गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल माघ ६ गते शनिबार हुँदैछ । प्रतियोगितामा १५ वटा टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उपाधी विजेताले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।











