चन्द्र घलान, मकवानपुर, १० माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी ज्यामिरेमा अवस्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापक नियुक्त गरिएको छ ।
मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयले विद्यालयकी अंग्रेजी विषय शिक्षक कविता लामा थिङलाई प्रधानाध्यापकका रुपमा नियुक्ती दिएको त्यहाँबाट शकुन्तला लामा ब्लोनले जानकारी दिनुभयो
विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापक नियुक्त गरिएको ब्लोनले बताउनुभएको छ । प्रधानाध्यापकमा नियुक्त हुनुभएकी थिङ लामो समयदेखि शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले मकवानपुरका विभिन्न विद्यालयहरुमा अध्ययनको अनुभव बटुल्नुभएको छ ।










