तस्बिर–जी. न्यौपाने

मकवानपुर, १५ माघ । कक्षा १ देखि कक्षा १० सम्मको विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्यांकन सम्बन्धी १ दिने अभिमुखीकरण तालिममा ६३ जनालाई स्टेसनरी सहयोग गरेबापत विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष खेमराज लामिछानेले ग्यालेक्सी बुक्स हेटौँडाका संचालक अमृत मगरलाई स्टेसनरीमै पुगेर खादा ओढाई मायाको चिनो प्रदान गरेका छन् ।

कामको चापले गर्दा मायाको चिनो लिन जान नसकेका मगरलाई उनकै स्टेसनरीमा पुगेर अध्यक्ष लामिछानेले मायाको चिनो प्रदान गरेका हुन् । मायाको चिनो पाएपछि आफुमा सकरात्मक उर्जा आएको मगरले बताए ।

विज्ञान शिक्षक समाज नेपाल मकवानपुरले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन, शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्ने जस्ता विभिन्न क्रियाकलापहरु हेटौँडामा गर्दै आएको छ ।