चन्द्र घलान, मकवानपुर, १६ माघ । तामाङ र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीतहरु तामाङ र नेपाली भाषामा सार्वजनिक भएको छ । चलचित्रका गीतहरु कालिदेवी मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।ग्याल्बो राजाको ‘डम्फु’ बोलको गीत तामाङ र नेपाली भाषा दुबैमा ‘डम्फु’ शिर्षकमै सार्वजनिक गरिएको छ । त्यस्तै तामाङ भाषामा भएको ‘ङादा माया लाऊ’ बोलको दोस्रो गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकमा सार्वजनिक गरिएको छ ।

तामाङ र नेपाली भाषामा सार्वजनिक भएको ‘डम्फु’ बोलको गीतमा चर्चित गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द समावेश गरिएको छ ।

त्यस्तै तामाङ भाषामा सार्वजनिक भएको ‘ङादा माया लाऊ’ बोलको गीतमा निमा दोङ र जितु लोप्चनको आवाज सुन्न सकिन्छ । गीतमा निमा दोङको संगीत र कुमार स्याङ्बाको शब्द रहेको छ । गीतलाई चाहत सिंङले एरेञ्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा नायक विनायक तामाङ र नायिका संगिता तितुङको अभिनय हेर्न सकिन्छ । यसै गीतको नेपाली भर्सन ‘मेरो दिनको हर कुनामा’ बोलको गीतमा चर्चित गायक निमा दोङ र चर्चित गायिका रचना रिमालको आवाज सुन्न सकिन्छ । यसको शब्द पनि कुमार स्याङ्बाले नै लेखेका हुन् ।

कालिदेवी मिडिया हाउसको प्रस्तुतिमा बनेको ‘ग्याल्बो राजा’ संगिता तितुङको लगानीमा बनेको हो । चलचित्रमा किताब सिंह घलान (किरण) कार्यकारी निर्माता रहेका छन् । विनायक तामाङको निर्देशनमा बनेको चलचित्रमा संगिता तितुङको कथा रहेको छ । चलचित्रमा बाबुराम सुवेदी ‘तिरी’ को स्क्रिनप्ले र डायलग रहेको छ । सञ्चु थोकर लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा बन्दे प्रसादको सम्पादन रहेको छ । राजु किरातीको द्वन्द निर्देशन रहेको चलचित्रमा उत्तम श्रेष्ठ शिशिर र सागर गोलेको कोरियोग्राफी रहेको छ ।