मकवानपुर, २० माघ । सामाजिक सुरक्षा भत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरे पछी ज्येष्ठ नागरिक उत्साहित बनेका छन । मकवानपुरगढी गाउँपालिकाको ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ । जस अन्तर्गत वडा नम्बर – ८ मा गत माघ- ४ गते र वडा नम्बर- १ मा बिहिबार नै वडा स्तरबाट भत्ता वितरणको काम सम्पन्न भैसकेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनुभयो । बिहिबार वडा नम्बर- १ मा घुम्ति शिविर मार्फत मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा अध्यक्ष आईत सिह लोको हातबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
सुरुवात चरणमा गाउँपालिकाको केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र बिकट मानिएको मकवानपुरगढी गाउँपालिका भित्रका ८ वटा वडाहरु मध्ये वडा नम्बर- ८ र वडा नम्बर- १ का सामाजिक सुरक्षा भत्ता लाभग्राहिहरुलाई वडा स्थरबाट सेवा दिने कामको सुरुवात गरेको र वडा बाट सामाजीक सुरक्षा भत्ता वितरणको काम बिहिबार १ नम्बर वडामा सम्पन्न भइसकेको स्याङ्तानले बताउनु भयो ।
बिहिबार भएको वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत २०३ जना लाभग्राही मध्ये १८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।
हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर – १ र वडा नम्बर – ८ लाई विशेष प्राथिमकतामा राखेर बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको र बाकि रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण भईरहेको र बिस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने हुमागाँईले बताए ।
वडाबाट बैंकमा भत्ता लिन पालिका सम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर- १ का लाभाग्राहिहरुको मुहारमा खुसि झल्किएको छ । पालिकासंगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्न आउनु भएका – १ नम्बर का पुर्व वडा अध्यक्ष मान बहादुर घिसिङ्ग यस आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुदै उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए ।
भत्ता वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान ,वडा अध्यक्ष आईत सिह लो , पन्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाई , एम आई एस अपरेटर मनोज देबकोटा , सचिब अर्जुन चौलागाई बैकका कर्मचारी , प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।










