जी. न्यौपाने, मकवानपुर, २० माघ । सरकारले व्यवसायीहरुको हित हुने नीति नबनाउँदा निर्माण व्यवसायीहरु मर्कामा परेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । हेटौँडमा सम्पन्न निर्माण व्यवसायी संघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दैै सिंहले यस्तो कुरा बताएका हुन् ।

संघका मकवानपुर जिल्ला अध्यक्ष बाल गोपाल कँडेलको सभाध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि सिंहले निर्माण व्यवसायीहरुको आन्दोलनहरु सहमतिमै गएपनि सरकारले तदारुकतासाथ काम गर्न नसकेको जिकिर गरे । व्यवसायीहरुले काम गर्ने र सरकारले नीति बनाउने भएकोले त्यो कुरा सरकारले महशुस गर्न नसकेको निर्माण व्यवसायीहरुको गुनासो थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन लगायतको आतिथ्यता रहेको थियो ।