
मकवानपुर, २० माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति मकवानपुरले ऊँ वृद्धाश्रममा रहेका वृद्धावृद्धालाई खाना खुवाउने उदेश्यले १० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित ऊँ वृद्धाश्रममा आश्रित रहेकाहरुलाई एक छाक भएपनि खाना खुवाउने उदेश्यले सहयोग गरेको कर्मचारी संगठन निजामतिका पदाधिकारी वसन्तराज गौतमले जानकारी दिए ।
वृद्धाश्रममा २५ जना वृद्धवृद्धाहरु आश्रित रहेको वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले बताए ।