मकवानपुर । मकवानपुरमा शुक्रबार थप ४ जनामा डेंगु संक्रमण भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत साउनदेखि शुक्रबारसम्म ४० जनालाई डेंगु सक्रमण भएको हो ।

शुक्रबार हेटौंडा उपमहानगरपालिकाका ३ जना र इन्द्रसरोवर गाउँपालिकाका एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
मकवानपुरमा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका १० जना, बागमती गाउँपालिकाका २० जना, मनहरी गाउँपालिकाका ३१ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १० जना, बकैया गाउँपालिकाका १४ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का एक जना पुरुषको डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।