तस्बिर–गोल हेटौँडा

मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी ‘छैटौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप अन्तर्गत आज त्रिभुवन आर्मी क्लब काठमाडौँ र राजारानी क्लब (आर.आर. एफ.सी) धनकुटाबिच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार खेल दिउँसो ठिक ३ बजे सुरु हुनेछ । यसअघि नै न्युरोड टिम (एनआरटी) र बागमती युथ क्लब सर्लाही सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । एनआरटीले चर्च ब्वाईज युनाईटेडलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो भने बागमती युथ क्लब सर्लाहीले रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि हेटौँडा–४ का व्यवसायी सन्तोष गौतमले ३ सय ५० सीसीको रोयल इन्फिल्ड बाइक प्रायोजन गरेका छन् । १२ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा ५ वटा टिम बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल यही माघ २७ गते हुनेछ ।