तस्बिर–कुमार रुम्बा तामाङ

मकवानपुर, २३ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ फायरलाईनस्थित वनदेवी आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित विद्यालयका शिक्षकहरुको व्यक्तिगत सहयोगमा फुलको गमला राख्ने र फुल रोप्ने कार्यको सुरुवात गरिएको छ ।

शिक्षक कुमार रुम्बा तामाङका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरे (गोकर्ण) ले ३० हजार बराबरको १८ वटा सिमेन्टका गमलाहरु सहयोग गरेका छन् । गमलामा रोप्ने फुलका बिरुवाहरु विद्यालयका शिक्षकहरुले व्यक्तिगत खर्चमा किनिएको रुम्बाले बताए ।

विद्यालयको वातावरण स्वच्छ, सफा र सुन्दर राख्न विद्यालयका अध्यक्ष र शिक्षकहरुको प्रयास देखेर विद्यार्थीहरु पनि खुशी भएका छन् ।