मकवानपुर, २३ माघ । स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो संकरणको आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले हेटौँडा उपमहानगरपालिकाले खेलकुदको पुर्वाधार विकास र खेलाडीहरु उत्पादनमा सहयोग गर्दै आएको बताउनुभयो । मकवानपुर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको ओपनिङ खेलमा बालजागृति, जेनिथ, नवोदय र सिद्धार्थबिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै भानु मावि, सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमी, आधुनिक राष्ट्रिय मावि र ज्ञानोदय स्कूलबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत भुटनदेवी मावि, तुल्सीमेहर, हेटौँडा एकेडेमी, जीएस निकेतन र कमाने एकेडेमीबिच पनि प्रतिस्पर्धा हुने बताइएको छ ।










