मकवानपुर, २४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित बालबोध माध्यमिक विद्यालयको ७३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा १७ का वडाअध्यक्ष उद्धव सत्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मेयर लामाले हेटौँडा उपमहानगरपालिकाले शैक्षिक सुधारका लागि विभिन्न योजना बनाएर अग्रसर भएको बताउनुभयो ।

कार्यक्रममा वार्षिक उत्सवका अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेताहरु, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरिएको थियो ।