मकवानपुर, २४ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनलाई अवैध लागूऔषध गाँजा ६४ किलोसहित पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मल राख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।