मकवानपुर, २८ माघ । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्ण प्रसाद दाहाल चयन भएका छन् । शनिबार हेटौँडामा भएको २४ औँ अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष हेमन्त कुमार ढुङ्गेल, महासचिव मञ्जु खराल,सचिव, किशन पौडेल कोषाध्यक्ष निरा शर्मा तथा सदस्यहरूमा सानु खनाल श्याम प्रसाद श्रेष्ठ , वैकुण्ठ लामिछाने, गोपिनी गौतम मिथिला अधिकारी , प्रध्युम्न उपाध्याय चयन भएका छन् ।

निर्वाचन समितिको संयोजकमा हयग्रीव आचार्य र सदस्य द्वय अधिवक्ता अप्सरा बस्नेत र चूडाराज उप्रेती रहेका थिए ।