मकवानपुर, २९ माघ । अखिल (क्रान्तिकारी) को जिल्ला सम्मेलनको आज हेटौँडामा उद्घाटन गरिएको छ । अखिल (क्रान्तिकारी)ले शो अवसरमा हेटौँडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयदेखि हेटौँडा क्याम्पससम्म र्याली समेत निकालेको थियो ।

अखिल (क्रान्तिकारी)ले ‘शैक्षिक व्यापार विरुद्धको हाम्रो आन्दोलन’ मूख्य नारासहित सम्मेलन गरेको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सूर्य सीको सभाध्यक्षता रहेको थियो । कार्यक्रम हेटौँडा क्याम्पसको प्राङ्गणमा भएको हो ।