मकवानपुर, २९ माघ । जनयुद्ध दिवसका अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले दिने भनिएको सार्वजनिक बिदा रोकिएको छ । उच्च अदालत पाटन हेटौँडाको एक इजलासले बिदा रोक्का गरेको हो ।

निवेदक निरज मैनालीको बिदा रोक्ने पक्षको निवेदनलाई सदर गर्दै निवेदकको पक्षबाट अधिवक्ता मदन दाहाल, मनप्रसाद भट्टराई र मुकुन्द अधिकारीले बहस गरेका थिए ।

न्यायाधिस युमना भट्टराईको इजलासमा अधिवक्तात्रय दाहाल,भट्टराई र अधिकारीले बहस गरेका हुन् ।